आयातकर्ता संघको साधारण सभा सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

आयातकर्ता संघ नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष बल्लभराज सिग्देलको सभापतित्वमा भएको उक्त सभाले विभिन्न प्रस्ताव पारित गरेको छ।

सभामा सहभागी पदाधिकारी तथा सदस्यहरूले भन्सार प्रयोजनको लागि माल वस्तुहरूको मूल्यांकन गर्ने आर्थिक ऐन २०७२ को व्यवस्था व्यवहारिक नभएको, प्रचलित भसार ऐनको व्यवस्था अनुरूप नभएको र साथै अन्तर्राष्ट्रिय प्रचलन विपरित भएकाले उक्त व्यवस्थालाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउन सुझाव दिएका थिए।

धेरै व्यवसायी पीडित हुन पुगेको यथार्थतालाई दृष्टिगत गरी आयातकर्तालाई खारेज गर्ने, नयाँ आयातकर्ता नियुक्ति गर्ने जस्ता आधार प्रकृया र कार्यविधि सम्बन्धमा कानुनी एवम् नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव सदस्यहरूले सभामा प्रस्तुत गरेका थिए।