जासुसी आरोप


सिडनी, (एजेन्सी)।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले क्यानवेर्राको संसद्मा चिनियां जासुस तैनाथ गर्ने षडयन्त्रको आरोप निकै दुखदायीभएको सोमबार बताएका छन्। यो आरोप सबैभन्दा पहिले स्थानीय सञ्चार सन्जाल नाइनले जनाएको थियो।

नाइनका अनुसार एउटा आशंकित चिनियां जासुस सन्जालले चिनियां–अष्ट्रेलियाली मूलका एकजना पुरुषलाई विधायकमा उठाउन लागेको हो। तर अज्ञात कारणले ती ३२ वर्षिय पुरुषको निधन भईसकेको छ। चीनले यो आरोप अस्विकार गरेको छ। अष्ट्रेलियाको आन्तरिक गुप्तचर निकायले भने यस सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।