शक्तिशाली भूकम्प


बेइजिङ (एजेन्सी)।

चीनको दक्षिण गुआंग्सी स्वायत्तक्षेत्रको जिंगसी सहरमा सोमबार आएको ५ दशमलव २ म्याग्निच्युडको भुकम्पका कारण कम्तिमा एक व्यक्तीको मृत्यु भएको छ। भुकम्पबाट घरहरूलाई क्षति पुगेको र कयौं घाइते भएको अधिकारीले बताएका छन्।

भुकम्पको केन्द्र जमीनको सहतबाट १० किलोमिटरको गहिराइमा रहेको चीन भुकम्प नेटवर्क केन्द्रले जनाएको सिन्हवा समाचार समितिले जनाएको छ। उद्धार तथा राहत कर्मीहरूलाई प्रभावित इलाकामा पठाइसकेको स्थानिय सरकारी पदाधिकारीहरूले जानकारी दिए। डसिंग काउन्टीका बासिन्दाहरू धेरै हताहत भएको समाचार आएको पनि उनीहरूले बताए।