दशगजा पारी खुल्लामखुल्ला लागुपदार्थ, वारी मदिरा


शुभेन्दर दास, लहान ।

सिरहासँग सिमा जोडिएका भारतिय क्षेत्रमा खुल्लामखुल्ला लागुपदार्थ विक्रिवितरण भईरहेको छ । भारतसगँ जोडिएका सिरहाका सीमा क्षेत्रमा भने खुल्लामखुल्ला मदिरा विक्रि वितरण भईरहेको हेर्न कुनै आईतवार कुर्नु पर्दैन ।

अझ रोचक त के छ भने भारतिय सीमामा नेपाली दुव्र्यासनीहरु हुलबाँधेर लागु पदार्थ सेवन गरिरहेको अवस्थामा भेटिन्छन् भने नेपाली सीमा माखोलिएका बग्रेल्ति होटलहरुमा साँझ नपर्दै भारतियहरु समूहसमूहमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिन्छन् ।

सिरहासँग जोडिएका लौकाहा, पिपराही, ललमनिया, जयनगर, लदनिया, डुवरवना लगायत भारतिय नाकामा नेपाली दुव्र्यसनीहरु खुल्लामखुल्ला रुपमा लागुपदार्थ सेवन गरिरहेको अवस्थामा देखिन्छन् भने भारतसँग जोडिएको सिरहाको ठाँडी, झाँझपटी, वडहरी, वरियारपटी, माडर लगायतका ठाउँहरुमा बग्रेल्ति खुलेका होटलहरुमा भारतियहरु खुल्लामखुल्ला मदिरा सेवन गरिरहेका दृष्यप्रशस्त देख्न पाईन्छ ।

भारतको विहार प्रान्तमामदिरा प्रतिबन्ध भएकाले विहारीहरु मदिरा सेवनगर्न नेपाली भुमीमा खोलिएका होटल प्रयोग गर्दै आएका छन् । विहारमा मदिरा मात्रै होईन, लागुपदार्थ पनि प्रतिवन्ध गरिए पनि सिमा छेउमा रहेका औषधी ब्यापारीहरुले भारतिय सिमा सुरक्षावलको मिलोमतोमा डिसी, कोरेक्स, नाईट्रोजन, फेरागन, भ्याट, स्पास, म्रोमेथाजीनएम्पोल, नोफिनएम्पोल, ड्याजील्यापएम्पोल लगायतका लागुपदार्थको विक्रिवितरण खुल्लामखुल्ला हुने गरेको छ ।

नेपाली भुमितिर भने भर्जिन, गोल्डे वाक, लोकल मदिराको विक्रि वितरण अत्याधिक हुने गरेको स्थानियहरुको भनाई छ । स्थानिय विवेक यादवका अनुसार भारतिय भुमितिर लागुपदार्थ खान नेपाली जान्छन् भने नेपाली भुमिमा खोलिएका होटलहरुमा मदिरा खान भारतियहरु आउने गरेको कतैबाट छुपेको छैन ।