लामिछाने दक्षिण एसियाली खेलकुद नखेल्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले १५ गतेबाट सुरू हुँने १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् ।

आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु मैदानमा हुन लागेको १३ औं साग नखेल्ने भएका हन् । युएईमा टि–१० खेले लगत्तै डाक्टरको सल्लाहमा शल्यक्रिया गरेका सन्दीप दुई साता आराममा रहनेछन् ।
उनको सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको छ। सन्दीपका म्यानेजर रमन सिवाकोटीले सामान्य शल्यक्रिया भएको र दुई साता जति सन्दीप आराममा रहने बताए ।

सन्दीप नखेल्ने भएपछि नेपाली साग खेल्ने टोलीमा यू–१९ टोलीका कप्तान रोहित कुमार पौडेललाई समावेश गरिएको छ ।

प्रतियोगिता आयोजक नेपालसहित भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेशबीच मात्र प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र भारतले भने सागमा सहभागिता जनाउने छैनन् ।