बढी शुल्क तत्काल फिर्ता गर्न मेडिकल कलेजहरुलाई डा. केसीको आग्रह


न्युज अफ नेपाल, काठमाडौं ।

डा. गोविन्द केसीले मेडिकल कलेजहरुले शुल्क फिर्ता नभए आफू पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

शुल्क फिर्ता गराउने समयसीमा बढाउनेबाहेक सरकारले केही गर्न नसकेको डा. केसीको आरोप छ ।

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. केसीले मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेकाले तत्काल फिर्ता गराउन माग गरेका छन् ।
तोकिएकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क तत्काल फिर्ता गराउन सरकारलाई आग्रह गरेका हुन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले आफ्नो सत्याग्रह र विद्यार्थीहरुको आन्दोलनका बाबजुद मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेकाले तत्काल फिर्ता गराउन माग गरेका हुन् ।