प्रधानमन्त्री कार्यालयमा समीक्षा बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीहरूले कार्यप्रगति विवरण सुनाउन बैठक बस्दै छ ।

सोमबार अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकमा मन्त्रीहरूले चौमासिक कार्यसम्पादन प्रगति प्रस्तुत गर्ने छन्।

‘चौमासिक कार्यसम्पादन प्रगति बैठक राखिएको हो। मन्त्रीहरूले कार्यप्रगति विवरण बैठकमा राख्नुहुनेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

बैठकमा मन्त्रीहरू र सचिवहरू सहभागी हुने जनाईएको छ।