बृहत् उर्वर वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न


काठमाडौं, (नेस) । 
बृहत् उर्बर बचत तथा ऋण सहकारी संस्थाको सातांै वार्षिक साधारण सभाको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा नगरपालिका विकासको समृद्ध अभियानमा लागेको बताउनुभएको छ।
उहाँले नगरभित्र रहेका सहकारी सस्थालगायत अन्य सस्थालाई पनि व्यवस्थित, अनुशासित बनाउन र ऐन नियम बमोजिम सञ्चालन गर्न पनि नगरपालिका क्रियाशील रहेको स्पष्ट पार्नुभएको छ।
बृहत् उर्बर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भगवान केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका उपाध्यक्ष ज्ञानबहादुर तामाङले सहकारी संचालन बिधिबारे जानकारी गराउनुभएको थियो।
टोखा नगरपालिकामा प्रतिष्ठित सहकारीको रूपमा परिचित बृहत् उर्बर बचत तथा ऋण सहकारी सस्थाको सातांै साधारणसभाले भगवान केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।