एनएमबि बैंकको घर कर्जासम्बन्धी नयाँ योजना


काठमाडौं, (नेस)।

एनएमबि बैंकले घर कर्जा सुविधाअन्तर्गत एनएमबि बलुनिङ एन्ड रिभर्स बलुनिङ योजना शुरू गरेको छ। एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकले यस नयाँ योजनाअन्तर्गत अब आफ्नो आवश्यकता अनुसार समसामसिक किस्ता     (इएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन्।
बलुनिङ सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभुक्तानी गर्नलाई छनोट गर्ने अवसर प्रदान गर्दछ। जसमा तिर्नुपर्ने किस्ताको केही अंश किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रूपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा दिइन्छ।
अर्को, वैकल्पिक रिभर्स बलूनिङ सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभुक्तानीमा छनोट गर्ने मौका दिन्छ।

जसअनुसार ग्राहकको रोजाई र आवश्यकता बमोजिम प्रत्येक ५ देखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै लैजान सकिनेछ।एनएमबिले हाल १६३ वटा शाखाहरु, १२८ एटीएम र ५ वटा एक्स्टेन्सन काउन्टरहरुको सञ्जालमार्फत् देशभर सेवा प्रदान गर्दै आइरहेको छ।