द्विपक्षीय सहमति


जोहान्नेसवर्ग, (एजेन्सी)।

दक्षिण अफ्रिकाका मध्यस्थकर्ताले ट्रेड युनियन र साउथ अफ्रिकन एयरवेज(एसएए)बिच आठदिने हड्ताल तोड्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको बताएका छन्।

सो हड्तालको कारण एयरलाइन ग्राउन्डेड हुन पुगेको थियो। मेलमिलाप, सहमति र मध्यस्थताका लागि गठित आयोगले दुई पक्षबिच झण्डै ६ प्रतिशतले तलव बढाउने विषयमा सहमति भएको जनाएको छ।

साथै युनियनले सयौं संख्यामा कर्मचारी वर्खास्त गर्ने निर्णय उल्टाउन पनि माग गरेका छन्। एयरलाइनले आइतबारदेखि पुनः पूर्ववत उडान सुचारु गर्ने जनाएको छ।