जि.पि.फाउन्डेसन रसुवाको प्रदेश र गाउँपालिका संयोजक चयन


सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको कालिका गाउँपालिका २ कालिकास्थानमा जिपि फाउण्डेसन रसुवाको आयोजनामा बृहत शान्ति सम्झौता गरि गिरिजा प्रसाद कोइरालाले गर्नु भएको योगदान र भुमिकाबारे चर्चा गरिएको छ ।

जिपि फाउण्डेसनका संयोजक जनक जिवन उपाध्यायका अुनसार बाह्रबुदे सहमति तथा बृहत शान्ति सम्झौता र गिरिजा प्रसाद कोईराला विषय प्रबचन कार्यक्रममा २०६३ सालमा शान्ति सम्झौता गरेर देशलाई शान्तिको बाटोमा डोर्याउने स्वर्गीय कोइरालाले पुर्याउनु भएको योगदानको चर्चा गर्दै रसुवाको प्रदेश क्षेत्र संयोजक चयन गरेको छ ।

यस्तै प्रदेश क्षेत्र १ मा विरेन्द्र उप्रेती, प्रदेश क्षेत्र २ मा मकर तामाङ, कालिका गाउँपालिकाका राम प्रसाद पौडेल, उत्तरगया गाउँपालिकाका ज्ञान बहादुर बुलुन, नौकुण्ड गाउँपालिकाका रमेश तामाङ, गोसाईकुण्ड गाउँपालिकाका सन्त बहादुर तामाङ, आमाछोदिङमो गाउँपालिकाका छेम्जोम तामाङ रहेका छन ।