प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्‍नति भएका रथी रामधर सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रीपरिषद्ले मंसिर ०३ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागिय प्रमुख प्राविधिक सहायक रथी सिंहलाई आज (आइतबार) जंगी अड्डामा एक समारोहका बीच प्रधानसेनापति महारथी थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हाे ।

रथी दर्जामा पदोन्नती भएका सिंहलाई ईन्जिनियरिङ्ग विभागका विभागिय प्रमुखको जिम्मेवारी दिईएको छ ।