करेन्ट लागेर मृत्यु


न्युज अफ नेपाल, पर्वत ।

पर्वतको पैंयु गाउँपालिकामा करेण्ट लागेर आज विहान एक युवाको ज्यान गएको छ ।

पैंयु गाउँपालिका वडा नं. ६ भोर्लेमा रहेको चिर्दिखोलामा माछा मार्ने क्रममा करेण्ट लागेर स्थानीय ३२ बर्षिय सुर्यवहादुर थापाको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका थापाको उपचारका क्रममा वालिङ प्राथमिक उपचार केन्द्र स्याङजामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सोहि केन्द्रमा पोष्टमार्टम गरि परिवारलाई बुझाईएको छ ।

बिहान ४ बजे करेण्ट लागेका थापाको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।