अवैध लागूऔषध सहित आठ पक्राउ


न्युज अफ लेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी १० बोतल, नगद ३५ हजार रुपैयाँ र प्रदेश ३–०२–००८ प ६०१६ नम्बरको स्कुटर सहित दुइ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–१ ठेगाना भएका ४२ वर्षीय सुगम अमात्य र महोत्तरी बर्दिबास नगरपालिका–१४ ठेगाना भएका ३५ वर्षीय सचिन कुमार खनाल रहेका छन् ।

साथै उक्त घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–९ सिनामंगल गैरीगाउँबाट थप ३ जनालाई नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी ५३ बोतल र नाइट्राजेपाम नाईट्राभेट ३० ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा लाहान नगरपालिका–५ ठेगाना भएका २१ वर्षीय महमद मेराज, सिरहा सिराहा नगरपालिका–९ ठेगाना भएका देश यादव र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–८ ठेगाना भएकी ४० वर्षीया सोना भन्ने सक्कली माया डिमडुग स्या रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर लागुऔषध कारोबार मुद्दामा थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम सहित २१ वर्षीय बिशाल पुन मगर समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका–६ बाट अवैध लागूऔषध चरेश १० ग्राम सहित थाहा नगरपालिका–८ बस्ने २३ वर्षीय समिर ज्ञवालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रीय कारागार भिमफेदीमा कैदीलाई भेट्न आएका ज्ञवालीको शरीर जाँच गर्ने क्रममा गोजीमा लुकाइ छिपाइ ल्याएको उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।