लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ


न्युज अफ नेपाल, रुपन्देही ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले रेत्नेश्वर तिवारीलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

विश्वविद्यालयका लागि आवश्यक रकम खरिद गर्ने सम्बन्धमा परेको कोटेसन स्वीकृत गर्ने भन्दै लिएको घुससहित तिवारीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले जनाएको छ ।