प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि आइतबार दिउँसो ग्रान्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली होमोडायलसिसका लागि ग्रान्डी अस्पताल पुगेका हुन् । याे ओलीको चौथो पटककाे डायलासिस हो ।

यसअघि कात्तिक ३० गते तेस्रो पटक प्रधानमन्त्री ओलीले मिर्गौलाको डायलासिस गराएका थिए ।

निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार नियमित डायलासिसका लागि अस्पताल लगिएको जानकारी दिएकी छन् । डायलासिस सकिएपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।