सरस्वती न्यौपाने, रसुवा ।
अबको डेढ महिना पछि भ्रमण वर्ष सुरु हुदै गर्दा जिल्लाको सदरमुकाम गोसाइकुण्ड गाउँपालिका ६ धुन्चे वरपरका धार्मिक एवंम ऐतिहासिक पर्यटकिय र भावि पुस्ताहरुमा पनि जिवन्त राखन गुम्बा हरुको अस्तित्व कायम राख्न जरुरी छ ।
रसुवा ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदा रहेको जिल्ला भएका कारण विगत देखिनै धार्मिक , ऐतिहासिक एवम अन्तराष्ट्रिय नाका चिनिएको छ । उतर -दक्षिण आवत-जावत गर्ने पर्यटक लाई जिल्लाले स्वागत गरेर जिल्लाको ऐतिहासिक, धार्मिक, प्रातात्वीक सम्पदाको अवलोकन अध्ययन गराउन सक्यो भने पर्यटन वर्ष को लाभ जिल्लासम्म आइपुग्छ ।
रसुवा आदीवासी जनजातीको बाहुल्य रहेको जिल्ला जनजाती भेषभुषा, कला, संस्कृतीलाई प्रदशनी वा यस्ता महत्वपुर्ण गुम्बाहरुको खोजी गरि आन्तरिक एवम बाध्य पर्यटकलाई रम्न सक्ने बातावरण बनाउन सकिन्छ ।
१.टुल्कु छोलिङ गुम्बा
धुन्चेको एकमात्र गुम्बा टुल्कु छोलिङ गुम्बा हो । यो गुम्बा पासाङ ल्हामु राजमार्ग संगै जोडिएको र गाउँको शिरानमा रहेको छ । गुम्बा कहिले बनाएको हो भन्ने तिथिमिति थाहा नभएपनि गुम्बाको निर्माण सेराब तेन्जिन र गोम्बो तेन्जिन ले गरेका हुन भन्ने कुरा पुजा गर्दा सोल्तेब ग्रन्थमा निस्किन्छ । गुम्बामा गुरु रिम्बोक्षे, चेरेसी, छेर्पामे र खेण्डो मोका मुर्ति रहेका छन् ।
आज भन्दा ४५ वर्ष अगाडि धुन्चे निवासी कारसिङगी तितुङ(झाँक्री) र उनकी पत्नी बुढी साङमोले गुम्बाको जीर्णोदार गरेर गुम्बालाई अलि ठुलो आकार मा बनाएका थिए । गुम्बाको काठमा बुट्टा खाप्ने काम ठुलो भार्खु निवासि कलाकार फुर्पा साङबो नेकोरले गरेका थिए ।
२.घ्युल्साङ
गाउँमा हरेक वर्ष मकै र गहुँ छ नै काम सकिएपछि गाउँको प्रकृति देवीलाई घ्युल्साङ पुजा गरिन्छ ।लगाएको अन्न बाली धेरै फलोस भनेर भगवान समक्ष गरिएको यो प्रार्थना पुजा हो । घ्युल्साङ पुजा झाँक्री द्धारा गरिन्छ ।
गाउँका हरेक धुरी बाट अन्न उठाई तोमो बनाएर पुजा गरिन्छ र तोर्मो लाई प्रसादको रुपमा वितरण गर्ने परम्परा छ । उहिले जोङचेत दरबारको छेउमा घ्युल्साङ गथ्र्यो । दरबारमा कोही नरहेपछि घ्युल्साङ गर्ने थान गाउँको शिरानमा सारिएको थियो।
सडक बनेपछि घ्युल्साङ गर्ने गरेको ठाउँ भत्किएका ले सडक माथिको गुम्बा को जग्गामा बनाएर गाउँलेहरुले पुजा गर्दै आएका छन् ।
३.मानि डुप (छ मानि)
गाउँको सबैभन्दा पुछारमा मानी डुप(छ मानी) रहेको छ ।यो मानी उहिले भोट जाँदाको गोरेटो बाटोमा पर्छ । सैराब तन्जिन र गोम्बो तेन्जिनको नाम मानि भित्रको सोल्तेबमा रहेकाले यी मानिसहरु उनैले बनाएको अनुमान छ । मानिसहरु धेरै पुराना भएको अनुमान लागाउन सकिन्छ ।
मानीमा प्रयोग भएका ढुङगा का पाताहरु हेर्दा मानीहरु बनाउन ठुलो परिश्रमका साथै बौद्ध धर्म प्रति ठुलो आस्था रहेको बुझ्न सकिन्छ । फलामका औजारहरु प्रशस्त नभएको वा हुदै नभएको त्यस बेला बनाइएका ठुला ठुला मानीहरु धार्मिक दृष्टिले निकै महत्वपुर्ण छन् ।
मानीको ढङगामा धार्मिक श्लोक तथा मन्त्रहरु मात्र नभएर जीवन उपयोगी उपदेशहरु समेत खोपिएका हुन्छन मानी हरु यतिखेर संरक्षणको पर्खाइमा छन् । यी मानीहरु बारे विस्तृत अध्ययन गरेर यिनिहरुको महत्व बुझाउन सके धार्मिक पर्यटकहरु बढने विश्वास गर्न सकिन्छ ।
४.मानी ङआ (पाँच मानी)
गाउँको पुछारमा पाँच मानी लस्करै रहेको छ । सेराब तेन्जिन र गोम्बो तेन्जिनको नाम मानी भित्र को सोल्तेबमा रहेकाले यी मानीहरु उनैले बनाएको अनुमान गरिन्छ । यी मानीहरु पनि संरक्षणको पर्खाइमा छन् ।
५.मानीकोर
यो मानी गाउँको बीच भागमा रहेको छ । यो मानी गाउँको बीचमा भएको हुनाले मानी मा प्रयोग भएका ढुङगाहरु मानी छेउछाउ घर बनाउदा गाह्रो लगाउने काममा प्रयोग हुनसक्छ यो अहिले भुकम्पले भत्काएको छ र संरक्षण को पर्खाइमा रहेको छ ।
६.काङनी मानी
यो मानी पुरानो बजारको धुन्चे प्रवेशद्धार मा पर्छ । पुरानो गाउँ बस्तीको स्वागत द्धारको रुपमा प्रायः जसो गाउँहरुमा काङनी मानी बनाइएका हुन्छन । यो मानेको छेउमा तत्कालिन जिल्ला प्रहरी कार्यालयको भवन नाइएकाले मानीमा प्रयोग गरिएका धेरै ढुङगाहरु उक्त भवन मा प्रयोग हुन सक्छन् ।
७.ङयारुङ टुल्कु क्षोर्तेन
यो मानी धुन्चेबाट लेकको बाटो हुदै यार्सा जाने बाटोमा पर्छ ।मानी जंगलको बीचमा भएको ले यसका ढुङगाहरु हराइसकेका छैनन्। यो मानी ङयाङरुङ टुल्कु नामको लामाको मृत्यु पछि उनको पार्थिव शरीरलाई क्षोर्तेन बनाएर त्यसभित्र राखिएको थियो लामाको मृत्यु पछि भार्खु,यार्सा र धुन्चेका भक्तजनले लामाको पार्थिव शरिर लाई आ—आफ्नो गाउँमा लैजाले भनेपछि बीचको भागमा पर्ने धुन्चे माथीको यार्सा जाने बाटोमा क्षोर्तेन बनाएर राख्ने सहमति भएको थियो त्यसकारण त्यो क्षोर्तेनको नाम ङयारुङ टुल्कु राखिएको हो ।
८.सेरा खनेन मानी
धुन्चे गाउँको शिरानमा हाल को जिल्ला शिक्षा कार्यालय मुनि र गुम्बाको दक्षिणमा असिना,हुरी बतास र पहिरोबाट गाउँलाई बचाउने दुइ वटा सेरा खनेन मानि थिए ।
सोमदाङ सडक २०४२ सालमा निर्माण गरेपछि उक्त कार्यालय मुनिको सेरा खनेन मानी भत्काइएको छ ।यी मानी हरु पनि सेराब तेन्जिन र गोम्बो तन्जिन ले निर्माण गरेका थिए ।यी मानीहरुको निर्माण पछि गाउँमा दैवि विपत हरु आएका छैनन् ।
यस्ता पुरातात्वीक आफ्नो संस्कृतिहरुलाई जोगाइ राख्न जुन ठाउँमा हो, त्यही ठाउँमा मानेहरु बनाइ जिवन्त राख्न सके पछिल्ला समयका पिढिहरु लाई इतिहास हुने थियो । यस्ता कुराहरु खोताल्दै जादा रसुवा जिल्लाको वैतानिक वकिल फुर्पा तामाङले बताउनु भएको हो ।
उहाँले पनि आफ्नो जैविक विविधता संरक्षण पर्यटन विकासमा धर्म संस्कृति भन्ने किताबमा उल्लेख गर्नु भएको छ । उहाँले अबका पिंढीले जान्न जरुरी छ भनेर बताउनु भएको हो ।
उहाँ यसै रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका ५ ठुलो भार्खु निवासी भएकाले आफ्नो धर्म संस्कृति संस्कारलाई पहिचान गरि हामी जति नै शताब्दी को भएपनि आफ्नो पहिचान हुनुपर्छ भन्ने सोच छ ।
धुन्चे वरपरका धार्मिक गुम्बाहरुले एक आर्कषक केन्द्रविन्दु हुनसक्छ यस्तो गुम्बाहरुको अवशेषहरु मात्र बाँकी छ केहि हराइसकेका रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु हुन्छ ।
प्रतिक्रिया