सात पटक जिब्रो छेडेकालाई सम्मान


न्युज अफ नेपाल, भक्तपुर ।

मध्यपुर थिमिको बोडेमा रहेको अष्टमंगल बचत तथा ऋण सहकारी संस्था लि.ले सात पटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठलाई सम्मानित गरेको छ ।

सातौ बार्षिक साधारण सभाको अवसर पारेर आज सहकारीले हरेक बर्ष मनाईने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा लगातार सात पटक जिब्रो छेडेका बुद्धकृष्णलाई सम्मानपत्र ,दोसल्ला र प्रशंसापत्र र टोपीले सम्मानित गरेको हो ।

कार्यक्रममा बरिष्ठ सहकारीकर्मी कैलाशभक्त प्रधानाङ्गले सहकारीका तर्फबाट उहाँलाई सम्मानित गर्नुभयो ।

सहकारीका अध्यक्ष दिलकृष्ण प्रजापतिले जात्रालाई निरन्तरता दिन महत्वपुर्ण योगदान दिने अभियन्तालाई सम्मान गर्दै आगामी दिनमा परम्परालाई

निरन्तरता दिने ब्यक्तिलाई प्रोत्साहन मिलोस् भनी बुद्धकृष्णलाई सम्मान गरिएको बताउनुभयो ।

यस अघि सहकारीले ८ पटक जिब्रो छेडाएका जजुभाई श्रेष्ठ र बाजागुरु बुद्धिकुमार सिपाईलाई सम्मानित गरिसकेको छ ।

अध्यक्ष प्रजापतिले सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सामाजिक योगदान पुर्याउने ब्यक्ति र संस्थालाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ सहकारीकर्मी प्रधानाङ्ग,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,थोपा सहकारीका लक्ष्मण राजवाहक,महालक्ष्मी सहकारीका रत्नमान चन्यो लगायतले सहकारीका बिबिध पक्षबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष दिलकृष्ण प्रजापतिले बार्षिक प्रतिवेदन ,लेखा सुपरीबेक्षण समिति संयोजक कृष्णचन्द्र पिला श्रेष्ठ,सचिब कन्चनमाई सिपाई,कोषाध्यक्ष श्यामसुन्दर चक्रधरले आआफ्नो प्रतिवेदन पेश गर्नुभयो ।