देश विकासको प्रमुख आधार खेलकूदलाई बनाउनुपर्छः मुख्यमन्त्री राई 


मोरङ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेदकूदलाई देश विकासको प्रमुख आधार बनाउनुपर्ने बताउनुभएको छ ।

मोरङको बेलबारीमा आयोजित नोबेल अन्तरराष्ट्रिय सितेरियो कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट सभ्य नागरिक उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।

“युवा र बालबालिकालाई खेलकूदप्रति आकर्षित गर्नुपर्छ”, मुख्यमन्त्री राईले भन्नुभयो । खेल आयोजनाबाट भ्रमण वर्षलाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।

खेलकूदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको भन्दै उहाँले सातवटै प्रदेशमा खेलकूद प्रतियोगिताका लागि रकम विनियोजन गरिएको बताउनुभयो ।

सितोरियो कराते प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, भूटान र बङ्गलादेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आयोजना बेलबारी सितोरियो कराते महासङ्घले गरेको हो ।     रासस