न्युज अफ नेपाल, काठमाडौं ।
माईतीघर मण्डलामा शनिबार कालापानी फिर्ता हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरिएको छ।
भारतले आफ्नो देशको नक्शामा राखेको कालापानीको भूमि फिर्ता दिने अभियानमा लागेका युवा केन्द्रीत स्वतन्त्र राष्ट्रिय अभियान नेपाल, मिसन नेपाललगायत संस्थाहरूले मिलेर विरोध प्रदर्शन गरेका हुन्।
युवा अभियान्ताले बाजागाजा बजाएर सरकारले अतिक्रमण गरिएको सिमानाका विषयमा केही गर्न नसकेको भन्दै चर्को नारा लगाएका थिए।
उक्त विरोध प्रदर्शनमा अभियान्ता साजन विकले नेपालको कालापानी फिर्ता गर्नको लागि सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरेको बताए।
हाम्रो स्वाधिनतामा रहेको भूभाग फिर्ता ल्याउन विरोध गर्दै आएको उनले बताए । मिचिएका जमिन फिर्ता लिई यो लडाई जित्न उनले सबैलाई आह्वान गरे ।
उनले दैनिक विरोध गरिरहँदा पनि सरकारले यो आवाजलाई सुन्न नसके देशव्यापी आन्दोलन गने चेतावनी दिए। अभियान्ता विकले सरकारले केही पहल गरेन भने अन्तर्राष्ट्रिय रुपमा आन्दोलन बढाएर सबै प्रमाण जटाई मिचिएको भूमि फिर्ता गर्ने उद्घोष गरे । यो राष्ट्रिय लडाईमा सफल हुने भन्ने पनि विश्वास दिलाए ।
भारतीय दूतावासमा पत्र बुजाउँदा यसलाई सामान्य लिएको भन्दै बिकले आपत्ति जनाए। विरोध कार्यक्रम गर्दै गर्दा विभिन्न दबाव आएको समेत उनले बताए। भारतले कालापानीको नक्सा सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध हुँदै आइरहेको छ।











प्रतिक्रिया