अपांग आश्रममा खाद्यान्न वितरण


यमलाल भुसाल, बुटवल ।

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लब अफ सिद्धार्थनगर युथ र लियो क्लब अफ भलवारी युथले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित नेपाल अपांग आश्रममा खाद्यान्न वितरण गरेका छन् । दुई क्लबले संयुक्त रुपमा चामल, दाल, आलु, भुजा, चाउचाउ लगायतका खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

आश्रममा रहेका अपांगता भएका व्यक्तिहरुलाई थोरै भए पनि राहत होस् भन्ने उद्धेश्यले खाद्यान्न वितरण गरिएको लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष विनय कुमार मिश्राले बताउनु भयो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर युथका द्धितीय उपाध्यक्ष प्रशान्तमणि रामदामले समाजमा रहेका आफु भन्दा कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्नु नै लायन्स तथा लियो क्लबको उद्धेश्य भएको बताउनु भया । त्यस्तै अपांग आश्रमका अध्यक्ष डोलमाया

रामदामले क्लबले आश्रममा सहयोग गर्नु प्रशंसनीय रहेको बताउनु भयो ।
लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष विनय कुमार मिश्रा, लियो क्लब भलवारी युथका अध्यक्ष शुशिल गौतमको अध्यक्षता, लियो सिद्धार्थनगर युथका निर्देशक अनिल यादव, भलवारी युथका सदस्य शिवानी घिमिरेको संयोजकत्व तथा दुइटै क्लबका सचिवद्धय अनुराग पाण्डे र साहित्यकार अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।