चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसरः मन्त्री भुसाल


यमलाल भुसाल, बुटवल ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले चुनावको बेला गरिएका बाचा पुरा गर्ने समय आएको बताउनु भएको छ ।
उहाँले कसैको लोभ लालचा र डरमा कूनैपनि काम नगर्ने समेत बताउनु भयो ।

जनताको चाहानालाई बुझेर जिम्मेवार भएर मन्त्रालय र पार्टीको काम गर्ने उहाँले बताउनु भयो । उहाँले यस क्षेत्रका जनताको लागि आफुलाई खराव ऋणि भएको बताउंदै चुनावको बेला गरिएका बाचा पुरा गर्ने प्रतिवद्वता जनाउनु भयो ।

मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमाले शनिबार मणिग्राममा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि प्रणाली परम्परागत रहेको बताउदैे कृषि नै समाजबादको मुख्य आधार भएको उल्लेख गर्नु भयो ।

कृषिलाई आधामर बनाएर गरिबी निवारण, विकास, उत्पादन वृद्वि गरी समाजबादमा पुग्नका लागि कृषि क्रान्ति आवश्यक रहेको उहाँको कथन थियाे ।

मन्त्री भएपछि पहिलोपटक गृहनगर आउनु भएका भुसालले परम्परागत कृषिप्रणाली तोड्ने गरी काम गर्ने बताउनु भयो । उहाँले बजेटले निर्दिष्ट गरेका कुरा इमान्दारीताका साथ व्यवहारमा कार्यान्वनमा आफ्नो ध्यान केन्द्रित रहेको प्रतिवद्वता जनाउनु भयो ।

विकास सजिलो कुरा नभएको तर सम्भव रहेको उल्लेख गर्दै मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने योजना रहेको बताउनु भयो । मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमाका अध्यक्ष माधव पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो ।