नेशनल मेडिकल कलेज वीरगन्जमा दादागिरीः राजनीतिको आडमा बिद्यार्थीमाथि दमन


कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जमा रहेको नेसनल मेडिकलको एबिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीमाथि फेरि आक्रमण भएको छ ।

कलेज प्रशासनविरुद्ध आन्दोलन गरेको भन्दै कलेजले गुन्डा परिचालन गरेर विद्यार्थीहरुलाई पिट्न लगाएको हो ।

कलेज प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी कै निर्देशनमा कलेजले लिएको अवैध शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि शुक्रबार साँझ हातपात भएको हो ।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार शुक्रबार कलेज प्रशासनले प्रयोग गरेका भिजिलान्ते विद्यार्थीहरुले छात्राहरुमाथि छानीछानी आक्रमण गरेका छन् । कलेज प्रशासनले परिचालन गरेका गुण्डा र प्रशासन कोटामा अध्ययनरत विद्यार्थीको आक्रमणमा परि आन्दोलनरत केही विद्यार्थी घाइते भएका छन् ।

कलेज प्रशाासनले परिचालन गरेको भिजिलान्तेको आक्रमणबाट घाइते भएकी एक विद्यार्थीले कलेज प्रशाासनले गुण्डा भिजिलान्ते र प्रशासन कोटाबाट पढिरहेको केही पुराना विद्यार्थीलाई प्रयोग गरेर आफूहरुमाथि आक्रमण गर्न लगाएको बतााइन् ।

कलेज सञ्चालक अन्सारीकै अग्रसरतामा विद्यार्थीहरुमाथि कुटपिट र दुव्र्यवहार भएको पीडित विद्यार्थीको आरोप छ। प्रहरी आएपछि कलेजले आक्रमणा गर्न परिचालन गरेका विद्यार्थीहरुलााई सुरक्षित ढंगलले भित्र लुकाइएको ती विद्यार्थीहरुले जनाए ।

कलेज प्रशासनले बिहीबार पनि आन्दोलनरत विद्यार्थीहरुलाई होस्टल बाहिर नै चिसो भुइँमा राखेको थियो । कलेजविरुद्ध आन्दोलन गरेको भन्दै अन्सारीको निर्देशनमा विद्यार्थीहरुई गेटमा ताला लगााएर मध्येरातसम्म बाहिर नै बस्न बाध्य बनााएको पीडित विद्यार्थीहरुको गुनासो छ ।

प्रशासनलाई जीवनरक्षाका माग गर्दा पनि सुनुवाई भएको पीडित विद्याार्थीहरुको भनाइ छ। नेसनल मेडिकल कलेजका सञ्चालक तथा प्रबन्ध निर्देशक अन्सारीले आफूलाई प्रधानमन्त्री केपी ओलीको खास मान्छे भएकोले कसैले केही गर्न नसक्ने धम्की विद्यार्थीलाई दिने गरेका छन् ।

करिब एक महिना अघि गृहमन्त्रालयका गृहमन्त्री रामबहादुर थापा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल सम्बन्धित मन्त्रालयका सचिव चिकित्सा शिक्षा आयोगको पदाधिकारीसहितको बैठकले सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो।

विद्यार्थीमाथि हातपात भएको विषायमा कलेजका प्रबन्ध निर्देशक अन्सारीले विद्यार्थीहरुलाई आफूले पटक पटक सम्झाउँदा पनि नमानेकाले मारपिट गर्नेलाई गरोस भनेर छोडिदिएको जिकिर गरे । यद्यपी यस बिषयमा आफू धेरै बोल्न नचाएको बताए ।