दाङमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


न्युज अफ नेपाल, दाङ ।

दाङमा विहिवार छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मुत्यु भएको छ । एक जनाको टिप्परको ठक्करबाट र एक जनाको बसले किचेर मुत्यु भएको हो ।

लमही नगरपालिका–५ बसपार्कमा बसबाट झर्ने क्रममा बसको पछाडिको टायरले किच्दा प्युठान माण्डबी गाउँपालिका–४ निवासी ४६ वर्षीय पबित्रा सुनारको मृत्यु भएको हो ।

बसले किचेर गम्भिर घाइते भएकी सुनारको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागि बुटवल रिफर गरिएको थियो ।

उपचारको क्रममा सुनारको मृत्यु भएको जिल्ला पह्ररी कार्यालय दाङले जनाएको छ ।

बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

यस्तै लमही नगरपालिका वडा नम्वर ६ बेलदमार नजिकै विहिवार बेलुकी ५.४५ बजे टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको छ ।

लमहीबाट घोराही तर्फ आउदै गरेको रा १ ब ५८७ नम्वरको मोटरसाईकललाई रा १ ख १२७१ नम्वरको टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नम्वर ४ बस्ने ५८ वर्षीय बन्धुराम चौधरीको मुत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागी अस्पताल लैजादैँ गर्दा बाटोमै निधन भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको बताईएको छ । मृतक चौधरी कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत समेत रहेको प्रहरीले बताएको छ ।