लहानमा दुर्घटना, एकको मृत्यु दुई घाइते


न्युज अफ नेपाल, लहान ।

सिरहाको लहान वडा नम्बर–१२ फुलवाडी बजारमा आज भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका वडा नम्बर ४ बस्ने करिब १५ बर्षिय सरोज यादव रहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

लहानबाट जनकपुर जाँदै गरेको ना१ज ८३७५ नम्बरको विङगरले स४प६०४५नम्बरको मोटरसाइकललाई पछाडीबाट ठ्क्करदिंदा विङगरका सह–चालक यादवको घटनास्थलमै मृत्युभएको हो।

मोटरसाइकलमा सबार लहान नगरपालिका वडानम्बर–२२टोल सिसवनी बस्ने महेश चौधरी र पनिलाल चौधरी घाइते भएका छन्।

घाइतेहरुको लहानमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर स्थित न्युरो अस्पताल लगिएको छ।

मृत्यकलाई परिवारको जिम्मा दिएको छ भने चालक लहान प्रहरीको नियन्त्रणमा रहेकोे छ ।