ट्रकले मोटरसाइकललाई ठक्किँदा एक वर्षीय छोरासहित आमाको मृत्यु


न्युज अफ नेपाल, हेटौँडा ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमा र छोराको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुल पुलनजिकै हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४६ प २५०४ नम्बरको मोटरसाइकल सोही दिशाबाट आउँदै गरेको ना ५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने २६ वर्षीया तीर्थकुमारी राई र एक वर्षीय छोरा आहान चौधरी मृत्य भएको प्रहरीले जनाएको छ।

ठक्करबाट मोटरसाइकल चालक रौतहट चन्द्रपुर ८ सन्तपुर बस्ने वर्ष २८ को राकेश चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका तीनैजनालाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल ल्याइएकोमा राई र आहानको उपचारको क्रममा मुत्यु भएको हो।

घाइते मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहे पनि ट्रक चालक भने फरार रहेको छ।