अमेरिका–चीनबीच युद्धकाे खतरा


चीन ।
‘अमेरिका–चीनको व्यापार युद्धको समाधान खोज्न आग्रह गरिएको छ । जारी व्यापार युद्धको समाधान नखोजिए अमेरिका र चीनबीच वास्तविक युद्ध हुने खतरा भएको अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरले बताएका छन्।

‘अमेरिका र चीनको आर्थिक भविष्य’ विषयमा ब्लुमबर्ग न्यु इकोनोमी फोरमले आयोजना गरेको कार्यक्रममा चीनको राजधानी बेइजिङ पुगेका किसिन्जरले बिहीबार अमेरिका र चीनबीच युद्ध हुनेभन्दै चिन्ता व्यक्त गरेका हुन्।

किसिन्जरले कुटनीतिकको माध्यमबाट वासिङ्टन र बेइजिङले व्यापार युद्धको समाधान निकाल्नु पर्ने धारणा राखे।

पहिलो विश्वयुद्ध सानो समस्याबाट सुरुवात भए जस्तै फेरि अहिले हतियारहरु निकै शक्तिशाली छन्।

त्यसैले व्यापार युद्ध अन्त्य हुनुपर्छ। नत्र युरोपको भन्दा नराम्रो अवस्था निम्तने किसिन्जरले बताए ।
एजेन्सी