समाचार प्रभाव : भोकै पर्दा कसैले हेरेनन, सहयोग जुटेपछि पराई पनि आफ्ना भए

0
Shares

सीताराम, अधिकारी,धादिङ

हाम्रो समाज हुने खानेका लागि रहेछ । जब गरिबीले गाँजेको परिवार हाम्रो समाजभित्र देखापर्छ तब उसलाई चारैरिबाट आक्रमण सुरु हुन्छ । उसलाई सहयोग गरेको नाममा चारैतिरबाट चुस्न सुरु हुन्छ ।

हाल सम्म करिना थापामगर परिवारलाई प्रप्त सहयोग

१.सिद्धलेक गाउँपालिका ५०,०००।
२. साङकोष मावि जुरेस १००७०।
३. गणेश हिमाल क्याम्पस २०३७५।
४. पञ्चकन्यामावि ११८८०।
५. केशरी राना बुटवल ५०००।
६. मनरुपी मावि ८७३०।
७. यमबहादुर थापामगर २०००।
८. सन्तोष श्रेष्ठ ४२७०।
९. पंडिचौर आवि १०००५।
१०. किबो बोर्डिङ १२७७५।
११. रेडक्रसकर्मी उमेशकुमार श्रेष्ठमार्फत ६५३०।
१२. कुण्डला मावि १६००।
१३. नारायण शाक्य (नेत्रावी डबजोङ गाउँपालिका अध्यक्ष) २०००।
१४. पशुपति मावि ८४७५।
१५ बालमन्दिर मावि ११४३०।
१६. परोपकार युवा समाज ११०००।
१७. राधाश्रेष्ठ, मिरा केसी र प्रभा ढुंगेल २७०००।
१८. चेंगा डोल्मा हेल्मो बौद्ध १५०००।
१९. मसाही एण्ड अण्जुबाबा जापान १००००।
२०.इन्द्र मुखियाललितपुर २०००।
२१. शेरबहादुर केसी जनकपुर ३०००।
२२. भाग्य न्यौपाने मार्फत ३५०००।
२३. सुनगाभा एकेडेमी ५१४०।
२४. नीलकण्ठ मावि३५१६०।
२५. अमतृ सापकोटा ५०००।
२६. भोजराजथापा २०००।

सहयोग उठ्ने क्रम जारी छ । नेपाल समाचारपत्र दैनिक र न्युज अफ नेपालमा यस सम्बन्धी समाचार प्रकाशन भएपछि करिना परिवारलाई सहयोग जुटीरहेको छ ।

 

बचाउन लागेको बहानामा उसलाई हरेक दिनमारीरहेका हुन्छन् । वाबाँच्नका लागि झन कठिन पारिरेको देखिन्छ । समाजमा हुने सहयोगिहरुलाई सहयोग गर्ने नसक्ने वातावरण बनाएर बुज्रुकहरु आफू नभए गरिवहरु अहिले बाँच्न सक्दैनन् भन्ने सन्देश दिइरहेका भेटिन्छन् ।

मैले समाचार लेखेको नीलकण्ठ नगरपालिका वडा न. १२ आँगेटारीका अबोध तीन बालबालिकाहरुलाई समाजका केही बुज्रुकहरुले उनिहरुलाई आएको सहयोग आफ्नो तजविजि अधिकार जस्तो बनाएर उनिहरुमाथी खेलवाड गरेको देखियो ।

आमा लक्ष्मी थापामगर ओछ्यानमा थला परेको एक वर्ष भयो । तिनवर्षदेखि प्यारालाइृसिस भएपछि काम गर्न छाडेकी थिइन् । हाल उनि बोल्न समेत सक्दिनन् ।

लक्ष्मीको स्याहार ७ वर्षीया सोममायाँ थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीया करिना थापामगरले गर्दै आएका छन् ।

बिहान उठेपछि ओछ्यान परेकीआमालाई गिलो भातबनाएर खुवाउने र आमाले सुरुवालमा गरेको दिसा पिसाव धोइदिने गर्छन् । लक्ष्मीको तिन वर्षदेखि प्यारालाईसिस भएर शरिर नचल्ने र बोल्न समेत नसक्ने अवस्थामा रहेको र परिवारको सबै बोझ करिनाको काँधमा आएको छ ।

उनिहरका बाबु ३१ वर्षीया यमबहादुर थापामगरले ०७६ कात्तिक २० गते घरसंगैको रुखमा पासो लगाएर आत्महत्या गरे । तिन बालबालिकाका बाबु यमबहादुररले ज्यालामजदुरी गरेर परिवार पालिरहेका थिए ।

पत्निको उपचारका घर खेत बेचे तर उपचार भएन पत्नि बोल्न नसक्ने अवस्थामा एउटै थलामा परेपछि यमबहादुरले जिवनदेखि हार खाएर गरिवीका कारण मृत्यु भएको हो । यमबहादुरले बाच्ने आशा देखेनन् ।

बच्चा तिन जनालाई कसरी हुर्काउने भन्ने चिन्ताथपियो । डिप्रेसनको औषधी खाइरहेका यमबहादुर उपचार अभावमा र गरिवीले गर्दा मर्न बाध्यभए ।
स्वास्थ्य र खाद्यअधिकार मौलिकहकमाव्यवस्था गरेर सरकारले गरिवीका कारण उपचार अभावमा कोही मर्नु पर्दैन भनेपनि यो परिवारलाई भने मौलिकहकले छुन पनि सकेन ।

साङकोस माविको कक्षा ३ मा सोममायाँ, कक्षा ५ माकाजी र कक्षा ७ मा करिना अध्यायनरत तिन बालबालिका बाबुको मृत्युपछि भने भोकभोकै विद्यालय जान थालेको खबर समाचार बनाएर छाप्यौँ ।

सबैभन्दा पहिला खबर लेखेर उनिहरुको खबर बाहिर आएपछि सहयोग हातहरु जुरमुराए । समाचार प्रकाशन भएको भोलीपल्ट बिहान (कात्तिक २७गते बिहान) गैरसरकारी संस्थामा आवद्ध दामोदर अर्यालले खानेकुरा र स्टेशनरी लगिदिए । हालउनको घरमा खानेकुरा, कपडा, स्टेशनरी लगि दिनेहरु पुग्छन् ।

हिजो भोकै पर्दा छिमेकीहरुले हेर्न भ्याएनन् । उनिहरु एउटा खाटमा सुत्ने गर्दा कसैले तिमिहरु के खान्छौ । के लगाउँछौ । कसरी चलेको छ भन्न सकेनन् । किनकि उनिहरुसंग छिमेकीहरुले लाभ लिने कुरा थिएन ।

जब उनिहरुको अवस्थानाजुक छन्ने खबर शिक्षक रामप्रसाद लामिछाने मार्फत प्रकाशनभयो सहयोग आएपछि समाजका बुज्रुक भनिएकाहरु मुख आँ गरेर बस्न थाले । आफूहरुले नै बच्चाहरु स्यार गरेको नाटक गर्न थाले ।

उनिहरु बस्ने घरमाबाँसले बारेको छाप्रोमा ढोका समेत नहालिदिने छिमेकीहरु । आफ्नै परिवारका सदस्यहरु थिए ।जसले सहयोग गर्छ बालबालिका पढ्न गएको बेला अरु कसैले सजलै झिकेर लान सकिने अवस्था छ । ढोका समेत नभएको छाप्रोमा बस्ने बालबालिकाको सुरक्षा कसरी होला  ?

बालबालिकाका नाममा सहयोग संकलन सुरु भएपछि व्यक्तिले रकम राख्दा जोखिम हुन्छ भनेर वडा कार्यालयलाई छिटो बेँकखाता संचालन गर्न संचारकर्मीहरुले आग्रह गरे ।

सानिमाविकास वैँकमाखाता संचालन भएपछि विद्यालयको र्फबाट खाताखोल्ने भन्दै अर्को खाता पनि खोलियो । वडा कार्यालयलाई बेवास्ता गर्दै विद्यालयमा आएको सहयोग राख्ने खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको छ ।

यो शिक्षक र एक जना बाललिकाको छिमेकी राखेर संयुक्त खाता खोलिएको रहेछ । यसरी आफूले जस लिनेका लागि वडासंग समन्वय गरेर खाता समेत खोल्न नसक्ने भएपछि सहयोग रकमको सदुपयोग तर्फ संकाउत्पन्न गराएको छ ।