प्रमको आग्रह उपसभामुखद्वारा अस्वीकार

0
Shares

काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिए पनि संसद्मा सभामुख नभएको अवस्थामा उपसभामुखले पनि राजीनामा दिँदा राम्रो सन्देश नजाने भएकाले अस्वीकार गर्नुभएको बताइएको छ।

तर, संघीय संसद्की उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नभएको बताउनुभएको छ।

उहाँले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बनाउने विषयमा आफूलाई कुनै पनि जानकारी नरहेको बताउनुभएको हो।

उपसभामुख तुम्बाहाम्फेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘म नियमित काम गरिरहेको छु, उपसभामुखबाट राजीनामा दिनुपर्ने प्र्रस्ताव कतैबाट पनि आएको छैन।’