ज्ञानोदय सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक ज्ञानोदय २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई २४–२३ ले पराजित गर्यो। ज्ञानोदयको जितमा वर्षाले ११ अंक योगदान गरिन्।

गल्र्समै सोफियाको १२ अंक सहयोगमा इनोभेटिभले एलआरआईलाई ३७–३५ ले हरायो। ब्वाइज बास्केटबलमा एलआरआईले एलएलाई ४३–२२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। एलआरआईका निखिलले १४ अंक जोडे।