शहरभरि धुवाँ


सिडनी, (एजेन्सी)।

अस्ट्रेलियाको सिडनी निवासीहरुले मंगलबार बिहान बिउँझिँदा शहर धुवाँले भरिएको पाएका छन्। सो क्षेत्रका थुप्रै स्थानमा वनमा डढेलो लागेको छ।

रातारात बेस्सरी चलेको हावाले डढेलोबाट निस्केको धुँवा भरिएपछि सिडनीको वायुको गुणस्तर अहिलेसम्मकै सबैभन्दा खराब स्थितिमा पुगेको छ।

स्थानीय वासिन्दाले आफ्ना घरवरपरका धुँवाले भरिएका दृश्यहरुका तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेका छन्।

न्यु साउथ वेल्सको राजधानीमा करिव ५० लाख मानिस वसोवास गर्दछन्। गत अक्टोबर यता डढेलोका कारण छ जनाको ज्यान गइसकेको छ।