क्षेप्यास्त्र परीक्षण सफल


इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्न सक्षम शाहिन–१ क्षेप्यास्त्रको सफल परीक्षण गरको छ। परमाणु हतियार लिएर जान सक्षम यस क्षेप्यास्त्रको मारक क्षमता ६ सय ५० किलोमिटर छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्विटमा उक्त जानकारी दिएका हुन्। उक्त क्षेप्यास्त्र परीक्षण पाकिस्तानी सेनाको रणनीतिक बलको कमान्डले गरेको हो।

यो क्षेप्यास्त्रलाई हत्फ–४ को नामले चिनिन्छ। पाकिस्तानको क्षेप्यास्त्रको दायरामा भारतका करिब सबै इलाका पर्ने बताइएको छ। यसअघि पाकिस्तानले अगस्टमा गजनवी क्षेप्यास्त्रको परीक्षण गरेको थियो।