कोइला खानी विस्फोट


बेइजिङ, (एजेन्सी)।

चीनको सांक्सी प्रान्तको एक कोइला खानीमा भएको विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु र अन्य ९ जना घाइते भएका छन्।

सांक्सी कोइला खानी सुरक्षा प्रशासनले घटनाको समय ३५ कामदार पिंग्याओ काउन्टी क्षेत्रको कोइला खानीमा काम गरिरहेको जानकारी दिए।

११ जना कामदारलाई सुरक्षित निकाल्न सफल भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। दुर्घटनाको कारण थाहा हुन नसकेको र उद्धार कार्य जारी रहेको जनाइएको छ।

यसै महिना चीनको चोङछिङ शहरस्थित एक कोइला खानीमा भएको विस्फोटमा ३० जना कामदारको मृत्यु भएको थियो।