महिन्दा राजपाक्षेद्वारा प्रधानमन्त्रीको राजीनामा माग

0
Shares

कोलाम्बो, (एजेन्सी)।

श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेले आफ्नो भाइ गोटाबाया राजपक्षे राष्ट्रपति बनेपछि देशका प्रधानमन्त्री रानिल विक्रमसिंघेको राजीनामा मागेका छन्।राष्ट्रपति र मन्त्रिमन्डल एकै दलका हुनुले शासनमा सुधार आउने महिन्दा राजपक्षेले बताए।

ससंद्मा विपक्ष नेता ७४ वर्षीय राजपाक्षेले आफ्नो जन्मदिनमा आयोजित एक धार्मिक समारोहपछि एक पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले राष्ट्रपति र मन्त्रिमन्डल एकै दलको हुन्छ भने त्यो सरकार धेरै राम्रो हुने बताएका थिए।

आम चुनाव भएको भए राम्रो हुन्थ्यो। मन्त्रिमन्डलका कयौं सदस्यले पहिले नै राजीनामा दिइसकेका छन्। –उनलाई उद्धृत गर्दै डेली फाइनेन्सियल टाइम्सले जनाएको छ।

ब्यालेट बक्सको माध्यमबाट जनताले जुन फैसला दिएको छ त्यसको सम्मान हुनुपर्ने उनले थपे।गोटाबाया पाकिस्तान नजिकश्रीलंकाका नयाँ राष्ट्रपति गोटाबाया राजपक्षेको नजिक भारत र चीन भन्दा पाकिस्तान हुन सक्ने अनुमान गरिएको छ।

उनका परिवारको नजिकको सम्बन्ध पाकिस्तानसँग रहेकोले इस्लामावादले श्रीलंकासँग नयाँ अपेक्षा देखाएको छ।पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा पाकिस्तानी अखबार डेली एक्सप्रेस ट्रिब्युनलाई भने– ‘रानिल विक्रमसिंघे भारतको जति नजिक थिए, त्यसले पाकिस्तानप्रतिको उनको रवैया अत्यन्तै सुस्त देखिएको थियो।’

यदि सजित प्रेमदासा चुनाव जितेको भए पाकिस्तानका लागि ठुलो झट्का हुन्थ्यो। गोटाबाया राजपाक्षे चुनाव जित्नु वास्तवमै पाकिस्तानका लागि एक सकारात्मक संदेश हो।

राजपाक्षेलाई सन् १९७०को दशकमा एक युवा सैन्य अधिकारीका रुपमा अफिसर्स ट्रेनिङ कोर्सका लागि त्यतिबेला पाकिस्तान पठाइएको थियो। त्यतिबेला दुई देशबीच अत्यन्त घनिष्ठ सम्बन्ध थियो।

पछि एलटीटीईसँगको युद्धका क्रममा आफ्ना दाजु तथा तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको मातहतको रक्षा सचिव थिए। त्यतिबेला पाकिस्तान सेनाले श्रीलंकाली सेनाले मद्दत गरेका थिए।

राजपाक्षेको कार्यकालमा पाकिस्तानले कोलोम्बो नयाँ सरकारबाट इस्लामावादलाई लिएर पूर्वसरकारले लिएका केही प्रतिकूल निर्णय फिर्ता लिने अपेक्षा गरेको छ।

श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघेले काश्मिरको मुद्दामा भारतको समर्थन गरेका छन्। उनले सन् २०१६ मा इस्लामावादमा हुने भनिएको सार्क शिखर सम्मेलन पनि वहिष्कार गरेका थिए।

सोमबार पदको सथप ग्रहण समारोहमा गोटाबायाले आफ्नो भाषणमा उनको देश सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र अन्तर्राष्ट्रिय शक्तिहरुको आपसी मुद्दामा हस्तक्षेप नगर्ने बताएका थिए।