भूकम्पको झट्का

0
Shares

बझाङ, (नेस)। 

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस भएको छ। मंगलबार साँझ ७ बजेर १५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो। बझाङ, अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन्। ५ दशमलव ७ रेक्टर स्केलमाथिको भूकम्प महसुस भएको हो।

बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ। ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो।

बझाङंको खप्तडछनन्ना गापा–१ पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।