आज मन्त्रीमण्डल हेरफेर

0
Shares

काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल हेरफेर गर्ने हुनुभएको छ।उहाँले मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूलाई अहिलेसम्म गरेको कामप्रति धन्यवाद दिँदै पुनर्गठन गर्न लागेको औपचारिक जानकारी गराउनुभएको हो।

उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति गरेर नयाँ मन्त्रीहरूको शपथ आज (बुधबार) नै गराउने तयारी गर्नुभएको हो।

मन्त्रिपरिषद्को उक्त बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर हुने भएकाले औपचारिक कार्यक्रममा नजान निर्देशन दिनुभएको थियो। उहाँले आज पुनः पार्टी सचिवालयको बैठक पनि बोलाउनुभएको छ।