क्यालिफोर्नियमा गोली चल्दा चार एसियाली मारिए

0
Shares

फ्रेस्नो,(एजेन्सी)।

अज्ञात आशंकित व्यक्तिहरुले अमेरिकाको मध्य क्यालिफोर्नियामा पार्टी चलिरहेको स्थानमा छिरेर त्यहा भेला भएका भिडमाथि जथाभावी गोली चलाउँदा चार जना मानिसको ज्यान जानुका साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएके छ ।

फ्रेस्नोका प्रहरी लेफटिनेन्ट बिल डूलीले फे्रस्नोको दक्षिण पुर्वी भागमा फुटबल खेल हेर्न जम्मा भइरहेका मानिसहरु माथि स्थानिय समय अनुसार आइतवार सााझ करिव ६ बजे सो गोलीकान्ड भएके बताएक छन् ।

प्रहरी उप प्रमुख माइकल रेइडले कूल दसजनालाई गोली लागेको तथा तीनजना को लाश घरको पछाडी फेला परेको बताएक छन् । चौंथो व्यक्तिको उपचारकै क्रममा स्थानिय अस्पतालमा मृतयु भएको थियो ।

अन्य छ जनाको ज्यान जोगिने अवस्था रहेको अस्पतला सुत्रले जनाएको छ । गोली लाग्ने सम्पूर्ण एसियाली मुलका २५ देखि ३५ वर्ष उमेर समुहका पुरुष भएके रेइडले बताएका छन् ।

गोली चलेकोेबला त्यहाँ करिव ३५ जना मानिस रहेको र भाग्यवश कुनै पनि बालबालिकालाई गोली नलागेको बताइएको छ ।

गोलीकाण्डमा मुछिएका कोहि पनि हिरसतमा नरहेको तथा गोली लाग्ने र गोली चलाउने दुवैले एकले अर्कालाई चिनेको कुनै संकेत नदेखिएको प्रहरीले जनाएको छ ।

गोली चलेको स्थान शहरको विमानस्थले देखि करिव आधा माइल टाढा पर्दछ । साउथ इस्ट फ्ेस्नोमा नै सोही दिन बिहान भएके अर्को गोली काण्डमा एकजना बिस वर्षिय युवक आफ्नै निवासमा मारिएक छन् ।

विहविार पनि एकजना १६ वर्षिय बिद्यार्थीले साउडर्न क्यालिफोर्निया हाइस्कूलमा गोली हाने आफ्ना दुईजना सहपाठीका ज्यान लिएका थिए ।