वरिष्ठ पत्रकार शर्मालाई पत्नीशोक

0
Shares

काठमाडौं, (नेस)। 

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं नयाँ युगबोध दैनिकका संस्थापक नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ।

शर्माकी पत्नी रोहीणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार उहाँकै निवास दाङको घोराहीमा निधन भएको हो।

लामो समयदेखि विभिन्न रोगबाट ग्रसित शर्माको निधन भएकोमा प्रेस काउन्सिल नेपालले दुःख व्यक्त गरेको छ।
शर्माको सोमबार नै हिन्दू परम्परा अनुसार अन्तेष्टी गरिएको छ।