‘रहस्य : जीवन र प्रेम’ निबन्ध सङ्ग्रह बिमोचन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

शताब्दी पुरुष सत्यमोहन जोशीले डा.नम्रता पाण्डे तथा डा.प्रद्युम्न पाण्डेद्वारा संयुक्त रुपमा लिखित ‘रहस्य ः जीवन र प्रेम’ आध्यात्मिक निबन्ध सङ्ग्रह तथा डा. नम्रता पाण्डेद्वारा लिखित ‘ऊर्जा’ लेख सङ्ग्रहको लोकार्पण गर्नुभएको छ।

दायित्व वाङमय प्रतिष्ठानद्ध।रा आयोजित कार्यक्रममा ‘मानवमात्रका लागि आध्यात्मिक चेतना हुनु जरुरी छ तर कुनै व्यक्ति विशेषको विचारसँग प्रभावित भएर एकात्मक रुपमा आध्यात्मिक धारणा बनाउनु चाहिँ सर्वस्वीकार्य हुन नसक्ने जोशीले बताउनुभयो।

कृतिहरूका बारेमा डा. लेखप्रसाद निरौला र रामप्रसाद ज्ञवालीले समीक्षात्मक मन्तव्य दिनुभएको थियो भने कृतिकारहरूले पनि रचना गर्भका बारेमा आ–आफ्ना धारणाहरू प्रस्तुत गर्नुभएको थियो।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षमा सम्पन्नसमारोहमा वाङ्मय शताब्दी पुरुष जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो भने कवि ठाकुर शर्मा भण्डारी र यादव भट्टराईले पनि मन्तब्य राख्नुभएको थियो।

त्यसैगरी प्रतिष्ठानकै आयोजनामा भएको अर्को कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराईले मुकुन्द न्यौपानेद्वारा लिखित ‘सेवा नै धर्म हो’ नामक लेख/कविता कृति र कुमार नेपालद्वारा लिखित ‘चोट’ कविता सङ्ग्रहको विमोचन गर्नुभयो।

ती कृतिहरूका बारेमा क्रमशः उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र डा. ऋषिराम शर्माले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो।