शौचालयबारे निर्धक्क कुरा, स्वास्थ्य र सफाइका लक्ष्य हुन्छन् पुरा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

हरेक व्यक्तिले गाँसका लागि दैनिक घन्टौ काम गर्दछ तर खाएको कुरा उत्सर्जन भएपछि त्यसको दिगो व्यवस्थापनका लागि भने धेरै ध्यान दिएको पाइँदैन्।

हरेक व्यक्तिले कमध्यान दिएको मानवीय मलमूत्र व्यवस्थापन अहिले विश्वमा स्वास्थ्य र सरसफाइको क्षेत्रमा ठूलो चुनौतीको रूपमा देखा परेको छ।
आजसम्म पनि ओझेलमा परेको मानव मलमूत्रको व्यवस्थापनका बारेमा खुलेर कुरा गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत ईन्जिनियर एकमुख भएर आएका छन्, चर्पीको कुरा लिएर।

खानेपानी,स्वास्थ्य र सफाइको क्षेत्रमा कार्यरत ईन्जिनियरको संस्था स्मार्ट वासको आयोजनामा राजधानीमा विश्व चर्पी दिवसको अवसरमा एक अन्तरक्रिया सम्पन्न भएको छ।

शौचालयको निर्माण, उपयोग र शौचालयमा संकलित मलमूत्रको दिगो व्यवस्थापनमा केन्द्रित उक्त कार्यक्रममा आफ्नो मन्तव्य दिँदै पूर्व सचिव सुमन शर्माले भन्नुभयो –‘खाने र बस्ने होटल तथा रेष्टुराँहरूको उद्घाटन गर्दा सबै गर्व गर्दछन् तर त्यही खाएको कुरा उत्सर्जन गर्ने शौचालयको निर्माण, त्यसको सुव्यवस्थापनका लागि ढल र ढलप्रशोधन केन्द्रहरूको उद्घाट्न गर्दा सञ्चार माध्यमले समेत नकारात्मक टिप्पणी गर्दछन्।’

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले नेपाल करिब एक दशकको अथक प्रयासपछि गत असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र भएकोमा गर्व गर्र्दै भन्दै भन्नुभयो– ‘अहिले घरघरमा शौचालय बनेको छ तर पूर्र्ण सरसफाइको स्तरमा पुग्न बाँकी छ।

अझैपनि सार्वजनिक शौचालय अपर्याप्त छन्, गुणस्तर राम्रो छैन, दिगो व्यवस्थापनका समस्या छन् र सबैभन्दा ठूलो कुरा त शौचालयमा जम्मा भएका मानव मलमूत्रको प्रशोधन र दिगो व्यवस्थापन समस्याको रुपमा रहेको छ।’

प्रचलित प्रविधि छ तर महंगो छ। त्यसलाई हाम्रो देशको भौगोलिक आर्थिक हिसाबले उपयुक्त प्रविधि

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले चर्पीको कुरा जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धित भएकोले नेपालमा खुला दिशामुक्त अभियान तीव्र गतिमा चलाईएको बताउनुभयो।

कार्यक्रममा स्मार्ट वासका अध्यक्ष ईञ्जिनियर रामदीप साहले खानेपानी, सरसफाई र स्वच्छ वातावरणको लागि काम गर्नका लागि स्मार्ट वास सोलुसनको स्थापना गरिएको बताउनुभयो।