माघमा आउने भयो कर्मा

0
Shares

रिलिजका लागि तयार हुँदै गरेको फिल्म द कर्माको पोस्टर सार्वजनिक गरिएको छ। आगामी माघ १७ गतेलाई रिलिज डेट तोक्दै फिल्मको पोस्टर रिलिज गरिएको निर्माता जयराज रायले बताए।

फिल्म देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारले अभिनय गरेका छन्।

नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा फिल्मको कथा निर्माता जयराजले नै लेखेका छन् भने पटकथा तथा संवाद सुशील पोखरेलको रहेको छ।

रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सहनिर्माता छन्।

फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा गरिएको छ। नेपालसँगै अन्य मुलुकमा पनि रिलिज गरिने तयारी गरिएको फिल्म हिमालयन बिजनेस ग्रुपले अस्ट्रेलियामा रिलिज गर्ने भएको छ भने एभरेस्ट बिजनेस ग्रुपले दक्षिण कोरियामा रिलिज गर्नेछ।

त्यसै गरी जापान, हङकङ, थाइल्यान्ड, म्यानमार, मलेसिया, विभिन्न खाडी मुलुकहरूमा रिलिजपछि अमेरिका, बेलायत तथा युरोपमा विभिन्न मुलुकमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए। फिल्म रामेश्वर कार्कीले छायांकन गरेका छन्।