मानव बेचविखनको आरोपमा जाजरकोटका एक युवा पक्राउ


बासुदेव शर्मा, जाजरकोट ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाकी एक महिलालाई भारत लिएर बेचबिखन गरेको आरोपमा जाजरकोटका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । भेरी नगरपालिका ११ मा रहेको जगतिपुर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका ३ पाट्के छहरा निवासी २२ बर्षिय महिलालाई भारतमा लिएर बेचविखन गरेको आरोपमा जाजरकोट जिल्ला भेरी नगरपालिका ९ भुर बाँन्नीका १९ बर्षिय कोब्रो भनिने दिनेश खडकालाई प्रहरीले उनीकै घरवाट पक्राउ गरेको छ ।

आफनै घरवाट पक्राउ परेका खडकालाई ईलाका प्रहरी कार्यालय जगतिपुरले सल्यान जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक केशर बहादुर कार्कीले जानकारी दिनु भयो । पक्राउ परेका खडका माथि अनुसन्धान गर्न थालेको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मानब बेचबिखन घटनामा संलग्न भएको आरोप लागेकी जाजरकोट की ३० बर्षिय एक महिला फरार रहेको सल्यानका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो । मानब बेचबिखनको आरोप लागेकी महिलाको खोजि कार्य भईरहेको सल्यान प्रहरी प्रमुख खतिवडाले वताउनु भयो ।

आरोपित महिलाको नाम ठेगाना प्रहरीले सार्वजनिक नगरेर गोप्य राखि अनुुसन्धान थालेको प्रहरीले जनाएको छ । बिवाह गर्ने प्रलोभन देखाएर सल्यान जिल्ला कुपिण्डे नगरपालिका ३ की २२ बर्षिय महिलालाई भारतमा लिएर बेचबिखन गरेको प्रहरीले जनाउको छ ।

गत असार २५ गते घरबाट भगाएर भारत पुरयाईएकी २२ बर्षिय महिलाको साथमा २ बर्षिय छोरा पनि बेचबिखामा परेको प्रहरीले जनाएको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका श्रीमान घर फर्केपछि जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन सम्वन्धि मुद्धा दायर गरेका थिए । प्रहरीले पिडित महिलाको खोजि कार्यको अनुसन्धान भईरहेको जनाएको छ ।

प्रहरीले महिलाहरुलाई अपरिचित व्यक्तिहरुले विभिन्न प्रलोभन देखाई अमानविय कार्य गर्ने भएकोले प्रहरीले महिला बालबालिकाहरुलई सजग गराउने उद्धेश्यले समय समय चेतना मुलक कार्यक्रम संचालन गरेकोले यस्ता कार्यहरु भए तत्काल खवर गर्न सवैलाई प्रहरीले आग्रह गरेको छ ।