जलविनायक उपभोक्ता समितिमा नयाँ नेतृत्व

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राजधानीको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको चोभारस्थित जलविनायक सामुदायिक वन उपभोक्ता समितिमा दीपक महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। टौदहमा शनिबार सम्पन्न १२औं साधारण सभाले महर्जनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिमा दिनेश महर्जन, सुनिता शाक्य, सुजीन्द्र महर्जन र अमकन कर्माचार्य क्रमशः उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यहरूमा श्याम महर्जन, सानुकाजी महर्जन, रामेश्वर महर्जन, सविना श्रेष्ठ, सुभद्रा महर्जन, सुवर्ण आछामी, संगीता महत र अनिता महर्जन चयन हुनुभएको छ।

यसअघि इन्द्रबहादुर महर्जनको अध्यक्षतामा कार्यसमितिले दुई कार्यकाल सेवा गरिसकेको छ। निवर्तमान अध्यक्ष महर्जन नयाँ कार्यसमितिमा पदेन सदस्य हुनुहुन्छ।

साधारणसभाको उद्घाटन सत्र प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रदेशकै सांसद रमा आले मगरको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। पछिल्लो समय चोभार जलविनायक क्षेत्र विशालतम मञ्जुश्रीको शिलामूर्तिका कारण पनि लोकप्रिय छ ।