जुवातास खेलिरहेको अवस्थामा २१ पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद २ लाख २० हजार ५ सय ९० रुपैयाँ र १६ थान कौडा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–९ शान्तिबन बस्ने ४१ वर्षीया देवी कुमारी सिजालीको घरमा जुवातास खेलिरहेको अवस्थामा सिजाली समेत १५ जनालाई नगद ७५ हजार ४ सय १५ रुपैयाँ र ६ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।