लागूऔषधसहित सम्शेर पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

चन्द्रागिरी नगरपालिका–२ वाण भञ्ज्याङबाट अवैध लागूऔषध चरेश ३ केजी ६ सय १४ ग्राम सहित मकवानपुर थाहा नगरपालिका–७ घर भएका २२ वर्षीय सम्शेर तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा।२२ प ५३२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।