लुकाइ छिपाइ राखेको विभिन्न हातहतियार बरामद


न्युज अफ नेपाल, दाङ ।

गढवा गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका–१ को सिमानामा रहेको शिवराज नगरपालिका–१ स्थित खाली गोठमा लुकाइ–छिपाइ राखेको एसएमजी ५ थान, सोहीको म्याग्जिन १३ थान, गोली ३ सय ९० राउण्ड र हतियार राख्न प्रयोग गरेको सुटकेश १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा हातहतियार लुकाइ छिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय गढवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त स्थान तलासी गर्ने क्रममा सुटकेशभित्र उक्त हातहतियार राखी पात पतिङ्गर र झारपातले छोपी लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।