न्यु समिट विजयी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

न्यु समिट र कन्स्टिलेसनले भ्याली पब्लिक कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेका छन्।

न्यु समिटले केभीकेएसएसलाई ४५–३० तथा कन्स्टिलेसनले हिमालयन एकेडेमीलाई ३१–२६ ले पराजित गरे। न्यु समिटका सशांक महर्जनले १४ तथा कन्स्टिलेसनका उदीप राईले २२ अंक जोडे।

ब्वाइजमै डीएनएले बाल विकासलाई २५–१६, गोल्डेनपिकले एचएचसीएलाई ५१–१५, आयोजक भ्याली पब्लिकले स्नो एपेक्सलाई ५१–३५ र एन्जल्स हर्टले भद्रकालीलाई २५–२० ले हराए।

गल्र्समा एचएचसीएले फ्लोरोसेन्टलाई ३३–२३ तथा टीआईएले ओडिसीलाई ३०–११ ले पाखा लगाए।