रोम, (एजेन्सी)।
भीषण वर्षाका कारण आएको बाढीको उचाइ ६ फिट हुन थालेपछि बिहीबार इटालीले भेनिस शहरमा संकटकालको स्थिति लागू गर्ने तयारी गरेको छ। बाढीबाट ऐतिहासिक शहर भेनिसमा विद्युत् आपूर्ति पनि बन्द भएको छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा परेको यस शहरको ८० प्रतिशतभन्दा बढी भाग बाढीको नराम्रो चपेटामा परेको छ। इटालीका प्रधानमन्त्री गिउसेप्पे कोनटेले बाढीले मुलुकको मुटुमै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। उनले सरकारले अब तत्कालै पीडित पक्षका लागि स्रोत र आर्थिक सहयोग उपलब्ध गराइने बताएका छन्।











प्रतिक्रिया