मन्दिरमाथिको निर्णयमा पुनर्विचार हुने

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

भारतको सर्वोच्च अदालतले बिहीबार भारतको एउटा विवादास्पद हिन्दू मन्दिरमा रजस्वला भएका महिलाहरूलाई पनि प्रवेश दिनेबारेको न्यायिक निर्णयमाथि पुनर्विचार गर्ने सहमति जनाएको छ।गत वर्ष पाँच जना न्यायाधीशको इजलासले दक्षिणी भारतीय राज्य केरलास्थित सावारिमाला मन्दिरमा रजस्वला भएका महिलालाई प्रवेष निषेध गरिने निर्णय सुनाएको थियो।

उक्त अदालती निर्णयको विरुद्ध केरलामा व्यापक विरोध प्रदर्शन भएको थियो।त्यसपछि सो मन्दिरमा प्रवेश गर्न खोज्ने महिलाहरूलाई जबरजस्ती फर्काउने वा दुव्र्यवहार गर्ने गरिएको थियो। जसका कारण आक्रोसित महिलाहरू मन्दिमा छिर्न अझै बढी दृढ बन्दै गएको देखिन्छ।

हिन्दू धर्मअनुसार रजस्वला भएका महिलाहरूलाई अपवित्र मान्दै तिनीहरूलाई धार्मिक अनुष्ठानमा सहभागी हुनबाट वञ्चित गरिने गरिन्छ।अधिकांश हिन्दू मन्दिरमा रजस्वला भइरहेको अवधिमा मात्र महिलाहरूलाई प्रवेषमा निषेध गरिने गरिएको छ। तर सावारिमाला मन्दिरमा रजस्वला हुने उमेर औसत उमेर अर्थात् १० देखि ५० वर्षका महिलालाई मन्दिर प्रवेशमा रोक लगाइएको छ।

बिहीबार पाँच जना न्यायाधीशको इजलासले गत वर्षको उक्त निर्णयविरुद्ध दायर गरिएका दर्जनौं याचिकापत्रलाई लिएर अब यस मुद्दालाई अझै ठूलो इजलासले हेर्ने बताएका छन्।

सन् २०१८ मा सर्वोच्च अदालतले यस मन्दिरमा महिलाहरूको प्रवेशमाथिको प्रतिबन्ध हटाउने निर्णय दिने क्रममा सबैसँग धार्मिक आस्था पालना गर्ने अधिकार रहेको र उक्त प्रतिबन्ध एक प्रकारको ‘अछूत’ जस्तै रहेको बताएको थियो।तर अदालतको कानुनी फुकुवाको बाबजुद पनि मन्दिरका अधिकारीहरूले महिलाको प्रवेशमाथि कडा निगरानी राख्दै आएका थिए।