ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया शुरू

वाइडेनविरुद्ध युक्रेनमा जाँच गर्न ट्रम्पले दबाब दिए : टेलर

0
Shares

वासिङटन (एजेन्सी)।

युक्रेनका लागि पूर्व अमेरिकी राजदूत बिल टेलरले डेमोक्र्याटिक नेता जोय बाइडेनविरुद्ध युक्रेनमा जाँच शुरू गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले भनेको बयान दिएका छन्। राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया शुरू गर्ने क्रममा कांग्रेसको तल्लो सदन प्रतिनिधिसभामा भएको सुनुवाइका क्रममा पूर्वराजदूत टेलरले उक्त जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग जाँचमा पहिलो पटक संसद्मा सार्वजनिक सुनुवाइ शुरू गरेको छ। महाअभियोग कारबाहीमा वरिष्ठ अमेरिकी राजनीतिज्ञले ट्रम्पमाथि गम्भीर आरोप लगाएका छन्।

ट्रम्पमाथि आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जोय बाइडेनमाथि भ्रष्टाचार मामिलामा छानबिन गर्न युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीमाथि दबाब दिएको आरोप लगाइएको छ। तर ट्रम्पले यसलाई लगातार अस्वीकार गर्दै आइरहेका छन्।

आफ्ना कर्मचारीलाई वाइडेनविरुद्ध जाँचका लागि ट्रम्पले तयारी गरिसकेको बारे जानकारी गराइएको टेलरले बताए।अर्का अमेरिकी राजनीतिज्ञ जर्ज केन्टले ट्रम्पका वकिल रुडी गुलियानीले युक्रेनमा अमेरिकी अधिकारीहरूको बदनाम गर्ने प्रयास गरेको बताए।

तर राष्ट्रपति ट्रम्प आफूविरुद्धको महाअभियोगको सुनुवाइमा आफूलाई कुनै चासो नभएको र उनले उक्त सुनुवाइ नरहेको बताए। प्रतिनिधि सभामा बुधबारको पहिलो सुनुवाइमा तीनजना महत्वपूर्ण साक्षीहरूको बयान टेलिभिजनबाट प्रसारण गरिएको थियो।

ट्रम्पले भने– ‘मसँग हेर्ने समय छैन। यो दुर्भावनाबाट प्रेरित हो, यो षडयन्त्र हो।’राष्ट्रपति ट्रम्पले ओवल अफिसमा टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानसँग बुधबार भेटवार्ता गरेका थिए।ट्रम्पका जेठो छोराले ट्विट गरी सुनुवाइको निन्दा गरेका छन्– ‘यो पहिलो ती राजनीतिक सम्भ्रान्तहरूको सटिक उदाहरण हो जसलाई वास्तविक अमेरिकी घृणा गर्छन्।

यिनीहरू जनतासँग वास्तवमै अनभिज्ञ छन्।’डेमोक्र्याटिक पार्टीका आफ्ना सहयोगीहरूसँग बुधबारको बैठकमा सभामुख नेन्सी पेलोसीले राष्ट्रपति ट्रम्पको जवाफदेहीता तय हुनुपर्ने बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

उनले भने– ‘हाम्रो देशको यो सबैभन्दा गम्भीर घटना हो। यसलाई रोक्न सक्थ्यो। हामीमध्ये कोही पनि राष्ट्रपतिमाथि महाअभियोग चलाउने मनसायले यहाँ आएका होइनन्।’

युक्रेनमा कार्यकारी अमेरिकी राजदूत बिल टेलर बयान दिँदै उनका एक सहयोगी र युरोपेली संघमा अमेरिकी राजदूत गोर्डन सोन्डल्यान्डले ट्रम्पलाई फोनमा युक्रेनीअगाडि बढ्न तयार भएको जानकारी दिएको बताए।

उक्त फोनपछि उनका कर्मचारीका एक सदस्यले सोन्डल्यान्ससँग युक्रेनका बारेमा ट्रम्पको विचार के हो भनी सोधेका थिए। सोन्डल्यान्डले ट्रम्पलाई युक्रेनको भन्दा धेरै बाइडेनको चिन्ता भएको टेलरले आफ्नो बयानमा बताए।

ट्रम्पमाथि युक्रेनलाई दिनुपर्ने सैन्य सहायता रोकेको आरोप छ। वाइडेनविरुद्ध जाँच निश्चित गर्न युक्रेनका नयाँ राष्ट्रपति जेलेन्स्कीलाई दबाब दिन ट्रम्पले त्यस्तो गरेको उनीमाथि आरोप छ।

अमेरिकामा सन् २०२० मा राष्ट्रपति चुनाव हुन गइरहेको छ र डेमोक्र्याटिक पार्टीका तर्फबाट सम्भावित उम्मेदवारमा जोय बाइडेन हुन्। ट्रम्पविरुद्ध महाअभियोग छानबिन एक महिनादेखि चलिरहेको छ तर यसअघिका सुनुवाइ बन्द कोठामा भएका थिए।